Loksewa Aayog | नेपालको सामाजिक आयाम तथा सांस्कृतिक अवस्था | कोशी प्रदेश लोकसेवा आयोग | Kharidar/Subba(Nasu) 1st paper pdf download |

nepal ko samajig aayam tatha sanskrit aawastha

यस Article मार्फत हजुरहरुले नेपालको सामाजिक आयाम तथा सांस्कृतिक अवस्थामा सबैभन्दा बढीपटक सोधिएका 68 प्रश्नहरू (Top 68 MCQs) को बारेमा जानकारी लिन सक्नुहुनेछ। यी प्रश्नहरू कोशी प्रदेश लोकसेवा आयोग (loksewa aayog) तथा अन्य प्रदेशगत परीक्षा र सङ्घीय लोकसेवाले समेत सोध्ने गरेको पाइन्छ। Kharidar/Subba(Nasu) तथा Section Officer परीक्षाको लागि पनि अत्यन्त महत्वपूर्ण विषयवस्तु समावेश गरिएको। साथसाथै यहाँ रहेका यी 68 प्रश्नहरूको pdf पनि हजुरहरुले डाउनलोड (Download) गर्न सक्नुहुनेछ। डाउनलोडको लागिकृपया अन्तिम प्रश्नसम्म पढ्नुहोला |

nepal ko samajig aayam tatha sanskrit aawastha

१- जुँगा भएको महादेवको मन्दिर बागेश्वरी हो भने यो कुन जिल्लामा पर्दछ?

 उत्तर:- बाँके जिल्ला

 २- नेपालकै सबैभन्दा पुरानो प्यागोडा शैलीको मन्दिर कुन हो?

 उत्तर:- चाँगुनारायण मन्दिर 

 ३- अविवाहित युवती खानेकुरा र कपडाली पुष १५ देखि चैत १५ सम्म नजिकैको जंगलमा एकान्त जीवन बिताउने प्रथा कुन जिल्लामा रहेको छ?

उत्तर:- दैलेख 

 ४- भगवान विष्णुले पहिरिने मालालाई के भनिन्छ?

उत्तर:-वैजयन्ती माला 

 ५- हराएको सामान भेटाइदिने विश्वास गरिएको चपट गणेशको मूर्ति कहाँ रहेको छ?

उत्तर:- पाटन, ललितपुर 

 ६- प्राचीनमा स्वयम्भूलाई के भनिन्थ्यो?

 उत्तर:-युयान 

 ७- आध्यात्मिक नेता साईबाबाको वास्तविक नाम के हो?

उत्तर:- सत्यनारायण राजु

 ८- रोमनका युद्धका देवता भनेर कसलाई चिनिन्छ?

 उत्तर:-मार्स

 ९- भगवान सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ?

उत्तर:- थियोलोजी

  १०- थारु जातिको पुरोहितलाई गुरुबा भनिन्छ भने चेपाङ जातिको पुरोहितलाई के भनिन्छ?

 उत्तर:-पाडे

  ११- राउटेको नाइकेलाई के भनिन्छ?

उत्तर:- मानबहादुर

१२- विश्वको सबैभन्दा अग्लो बौद्ध स्तुप कुन  हो?

उत्तर:-लुम्बिनीमा रहेको  बुद्धको स्तुपा

 १३- राम र सीता बीच भएको विवाहलाई के भनिन्छ?

 उत्तर:- पराक्रम विवाह 

 १४- रुपौली- सुनौली प्रथा कुन जातिसँग सम्बन्धित छ?

उत्तर:- लिम्बु

 १५- चुरौटी भाषा बोल्ने समुदाय कुन हो?

उत्तर:- मुसलमान

१६- इतिहासमा व्यक्त भए अनुसार मछिन्द्रनाथलाई कहाँबाट ल्याइएको हो?

 उत्तर:- कामरूप  कामाक्षबाट

 १७- ग्वालेक केदार धाम कहाँ पर्दछ?

 उत्तर:- बैतडी

  १८- चार वेदमध्ये सबैभन्दा पुरानो वेद कुन हो?

 उत्तर:- ऋग्वेद

 १९- काठमाडौँ टेकुस्थित भीम भुवनेश्वर मन्दिरको निर्माण कसले गरेका हुन्?

 उत्तर:- मार्थक माथव वरसिंह थापा

  २०- अक्षय तृतीय कुन दिन मनाइन्छ?

 उत्तर:- वैशाख  शुक्ल तृतीय

 २१-  नेपालको सबैभन्दा ठूलो घाट कुन हो र कहाँ अवस्थित छ?

 उत्तर:- टेकु दोभानको घाट,  काठमाडौँ

 २२- नेपालको पहिलो सिनेमा हल कुन हो?

उत्तर:- जनसेवा सिनेमा हल

 २३- भोजपुरी भाषा भारोपेली भाषा परिवार अन्तर्गत  झाँगड कुन भाषा परिवार अन्तर्गत पर्दछ?

 उत्तर:- द्रविड भाषा परिवार

 २४- राउटे जाति कुन समूहमा पर्दछन्?

उत्तर:- लोपोन्मुख जाति

 २५- हुरी प्रथा कुन जातिमा प्रसिद्ध प्रथा हो?

 उत्तर:- गुरुङ 

२६- धान नृत्य लिम्बु जातिसँग सम्बन्धित छ भने मारुनी नृत्य कुन जातिसँग सम्बन्धित छ?

 उत्तर:- मगर जाति

 २७-  हिन्दु र बौद्ध धर्मका साँझ देवता कसलाई मानिन्छ?

 उत्तर:- मछिन्द्रनाथ 

  २८- कार्तिक नृत्य नेवार जातिसँग सम्बन्धित छ भने  तीनमासे  नृत्य कुन जातिसँग सम्बन्धित छ?

 उत्तर:-थारु जाति

  २९-पशुपतिनाथ क्षेत्र विकास कोषको संरक्षक को रहने व्यवस्था  छ?

 उत्तर:-प्रधानमन्त्री

 ३०- देउकी प्रथाको मूल बालो कुन ठाउँलाई मानिन्छ?

 उत्तर:-मैलौली बैतडी

 ३१- राउटेलाई कस्तो जाति भनिन्छ?

 उत्तर:-फिरन्ते जाति 

 ३२- मगर भाषा  भोट बर्मेली  भाषा परिवार अन्तर्गत पर्दछ भने  सतार कुन भाषा परिवार अन्तर्गत पर्दछ

 उत्तर:-आग्नेय भाषा

३३- गायत्री मन्त्र सम्बन्धी विषय कुन वेदमा उल्लेख गरिएको छ?

उत्तर:- ऋग्वेद 

३४- मुस्लिमहरू दिनमा कति पटक नमाज पढ्छन्? 

उत्तर:-पाँच पटक

३५- बुद्धले लगाउने वस्त्रलाई के भनिन्छ? 

उत्तर:-चिवर

३६- कुन धर्मलम्बीहरूले  मूर्ति विरोध गर्छन्?

उत्तर:-हिमयानीले

३७-  मण्डरिन कुन देशको आदिकारिक भाषा हो?

उत्तर:- चीन 

३८- मधुश्री वाणी  कुन क्षेत्रमा प्रचलित छ?

 उत्तर:-मिथिला क्षेत्र

३९- तामाङ सङ्ग्रहालय कहाँ अवस्थित छ?

उत्तर:-रसुवा

४०- मुसहर जातिको कुलदेवतालाई के भनिन्छ?

उत्तर:-दयाल सिंह

 ४१- पुतली सङ्ग्रहालय नेपालको कुन स्थानमा अवस्थित छ?

उत्तर:- गुहेश्वरी काठमाडौँ

 ४२-  रेडियो नेपालका पहिलो समाचारवाचक?

उत्तर:-तारिणी प्रसाद कोइराला

 ४३- चेपाङ जातजातिको  बासस्थान धादिङ हो भने किसान जातिको बासस्थान कुन ठाउँ हो?

 उत्तर:-झापा र मोरङ

 ४४- राजी जातिको बासस्थान दाङ र सुर्खेत हो भने  बमारो जातिको बासस्थान कुन ठाउँ हो?

उत्तर:-गोर्खा

 ४५- पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा सूचीमा कहिले स्वीकृत  गरिएको हो?

 उत्तर:-सन् १९७९

 ४६-सतार जातिको कुलदेवतालाई के भनिन्छ?

 उत्तर:-ठाकुर 

 ४७- थारु संग्रहालय कहाँ अवस्थित छ?

 उत्तर:-चितवन 

४८- नेपालमा मुस्लिमहरूको प्रवेश कहिले भएको पाइन्छ?

उत्तर:- प्रतापमल्लको पालामा

४९- १० जना  लेखकद्वारा लेखेको कृति कुन हो?

उत्तर:-आकाश विभाजित

५०-क्षेत्रीयहरूको  संहार गर्दै हिँड्ने भगवान  को हुन्?

उत्तर:-परशुराम

५१- नेपाली साहित्यमा त्रिमूर्ति भनेर साहित्यकार को को हुन्?

उत्तर:- लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण सम

५२- वेदमा के छ नामक पुस्तकका लेखक को हुन्?

उत्तर:- स्वामी प्रपन्नआचार्य

५३-स्वर्गका अप्सरा कुन जातिका हुन्?

उत्तर:- गन्धर्व

५४- नेपालको सबैभन्दा पुरानो मूर्ति कुन हो?

उत्तर:- बिरुपक्षको मूर्ति 

५५- वन्यजन्तु  सङ्ग्रहालय कहाँ अवस्थित छ?

उत्तर:- मकवानपुर

५६- हरेरी पर्व कुन जातिसँग सम्बन्धित छ?

 उत्तर:- थारु 

५७- गोरखा  मनकामनामा कुन जातिको पुरोहित रहने व्यवस्था छ?

 उत्तर:- मगर जाति 

५८- श्री स्वस्थानी व्रतकथा कुन पुराणबाट लिएको हो?

उत्तर:- स्कन्द पुराण

५९- “वेष” कुन जातिको उत्थानको लागि सक्रिय संस्था हो?

उत्तर:-थारु

६०- नेपालको राष्ट्रिय सङ्ग्रहालय कुन स्थानमा अवस्थित छ?

उत्तर:-छाउनी, काठमाडौँ

६१- पुरातात्विक सङ्ग्रहालय कहाँ अवस्थित छ?

उत्तर:-कपिलवस्तु

६२- पशुपतिनाथको मन्दिरको स्थापना  कसले गरेका थिए?

उत्तर:-प्रचण्ड देव

६३- सितारा ए  सुज्जत कुन देशको उच्च पुरस्कार हो?

उत्तर:-पाकिस्तान

६४- कम्युनिस्ट संग्रहालय नेपालको कुन स्थानमा अवस्थित छ?

उत्तर:-बुटवल 

६५- सबैभन्दा धेरै भाषामा अनुवाद भएको नेपाली साहित्य कृति कुन हो र यसका लेखक को हुन्?

उत्तर:-कालो सूर्य,र भरत जङ्गघम

६६- बागमती संग्रहालय नेपालको कुन स्थानमा अवस्थित छ?

उत्तर:-पृथ्वीनारायण क्याम्पस पोखरा

६७- जिरेल जातिको पुरोहितलाई नाक्सो भनिन्छ भने  नेवार जातिको  पुरोहितलाई के भनिन्छ?

उत्तर:-गुभाजु

६८- ससुरा मर्दा बुहारी समेत विधुवा हुने चलन कुन जातिमा छ?

उत्तर:- सतार

Click here to Download:- nepal ko samajik aywam sanskritik awastha

Scroll to Top