२०६४ साल ४ महिना ५ गते प्रमाणीकरण र प्रकाशन भएको यस ऐनले (सूचनाको हक सम्बन्धी ऐन, २०६४) जम्मा ६ परिच्छेद र ३८ दफाहरूलाई समेटेको छ। यस Article अनुसार क्रमैसँग हजुरले यस ऐनलाई पढ्न सक्नुभयो भने यहाँबाट सोध्न सकिने सबै प्रश्नहरूको हल सजिलै गर्न सकिन्छ।
https://lawcommission.gov.np/content/13400/rights-of-information-act–2064/
प्रश्न) सूचनाको हकको महत्त्व/ उद्देश्य के छ ?
प्रस्तावनामा रहेका यी पाँच बुँदाहरू लेख्नुहोस्।
- राज्यको काम कारबाही लोकतान्त्रिक पद्धति अनुरुप खुला र पारदर्शी पारदर्शी बनाउन
- नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउन
- सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहुँचलाई सरल र सहज बनाउन
- राज्य र नागरिकको हितमा प्रतिकुल असर पार्ने संवेदनशील सूचनाको संरक्षण गर्न
- नागरिकको सुसुचित हुने हकलाई संरक्षण र प्रचलन गराउन
प्रश्न) “सूचना”लाई परिभाषित गर्नुहोस् And
“सूचनाको हक”लाई परिभाषित गर्नुहोस्।
प्रारम्भिक अर्थात् परिच्छेद १ को दफा २ (ख) अनुसार “सूचना”को र (ङ) अनुसार “सूचनाको हक”को परिभाषा दिनुहोस्।
“सूचना” भन्नाले सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महत्वको काम ततसम्बन्धी कारबाही वा निर्णयसँग सम्बन्धित कुनै लिखत सामग्री वा जानकारी सम्झनुपर्दछ।
“सूचनाको हक” भन्नाले सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचना माग्ने र पाउने अधिकार सम्झनुपर्दछ। र सो शब्दले सार्वजनिक निकायमा रहेको कुनै लिखत सामग्री वा सो निकायको काम कारबाहीको अध्ययन वा अवलोकन गर्ने त्यस्तो लिखत प्रमाणित प्रतिलिपि प्राप्त गर्ने सार्वजनिक महत्वको निर्माण कार्य भइरहेको स्थलको भ्रमण र अवलोकन गर्ने कुनै सामग्रीको प्रमाणित नमुना लिने वा कुनै पनि किसिमको यन्त्रमा राखिएको सूचना त्यस्तो यन्त्र मार्फत प्राप्त गर्ने अधिकार समेतलाई जनाउँदछ।
प्रश्न) सार्वजनिक निकायमा रहेको कुन कुन विषयसम्बन्धी सूचना प्रवाह गर्न मिल्दैन ?
परिच्छेद २ (सूचनाको हक र सूचना प्रवाह सम्बन्धी व्यवस्था) को दफा ३ “सूचनाको हक हुने” मा यस सम्बन्धी व्यवस्था गरिएको छ।
- नेपालको सार्वभौमसत्ता अखण्डता राष्ट्रिय सुरक्षा सार्वजनिक शान्ति सुव्यवस्था वा अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर खलल पार्ने
- अपराधको अनुसन्धान तहकिका तथा अभियोजनमा प्रत्यक्ष असर पार्ने
- आर्थिक व्यापारिक तथा मौद्रिक हित वा बौद्धिक सम्पत्तिको संरक्षण वा बैंकिङ वा व्यापारिक गोपनियतामा गम्भीर अघात पार्ने
- विभिन्न जातजाति वा सम्प्रदाय बीचको सुसम्बन्धमा प्रत्यक्ष रुपमा खलल पार्ने
- व्यक्तिगत गोपनियता र व्यक्तिको जिउ ज्यान सम्पत्ति स्वास्थ्य वा सुरक्षामा खतरा पुर्याउने
प्रश्न) सार्वजनिक निकायका दायित्वहरू के के हुन्?
परीक्षा २ (सूचनाको हक र सूचना प्रवाह सम्बन्धी व्यवस्था) को दफा ४ “सार्वजनिक निकायको दायित्व” यस प्रकार छन्।
- सूचना वर्गीकरण र अध्यावधिक गरी समयसमयमा सार्वजनिक प्रकाशन तथा प्रसारण गर्ने गराउने
- सूचनामा नागरिकको पहुँच सरल र सहज बनाउने
- आफ्नो काम कारबाही खुला र पारदर्शी रुपमा गर्ने
- आफ्ना कर्मचारीको लागि उपयुक्त तालिम र प्रशिक्षणको व्यवस्था गर्ने
प्रश्न) सार्वजनिक निकायले सो निकायसँग सम्बन्धित कस्ता सूचना सूचीकृत गरी प्रकाशन गर्नुपर्ने हुन्छ ?
परीक्षा २ (सूचनाको हक र सूचना प्रवाह सम्बन्धी व्यवस्था) को दफा ५ “सूचनाको अध्यावधिक र प्रकाशन” अन्तर्गत सार्वजनिक निकायले सो निकायसँग सम्बन्धित देखाएका सूचना सूचीकृत गरी प्रकाशन गर्नुपर्ने हुन्छ।
@ स्वी.का.र प्रदीप स.से.नि.नी स.सु.आइन आम.तोक
- निकायको स्वरूप र प्रकृति
- निकायको काम कर्तव्य र अधिकार
- निकायमा रहने कर्मचारी सङ्ख्या र कार्यविवरण
- निकायबाट प्रदान गरिने सेवा
- सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी
- सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि
- निर्णय गर्ने प्रक्रिया र अधिकारी
- निर्णय उपर उजुरी सुन्ने अधिकारी
- सम्पादन गरेको कामको विवरण
- सूचना अधिकारी र प्रमुखको नाम र पद
- ऐन नियम विनियम वा निर्देशिकाको सूची
- आम्दानी खर्च तथा आर्थिक कारोबार सम्बन्धी अध्यावधिक विवरण
- तोकिए बमोजिमका अन्य विवरण
यसरी, “सूचनाको हक सम्बन्धी ऐन, २०६४” का महत्वपूर्ण विषयहरू जसलाई लोकसेवाले बारम्बार आफ्नो प्रश्नपत्रमा राख्ने गर्दछ त्यसको सहजपूर्ण आज हामीले हल निकालेका छौं।




