Samasamayik ghatana 2082 (मङ्सिर)
यहाँ प्रस्तुत गरिएका सम्पूर्ण प्रश्नहरू गोरखापत्रको अफिसियल पेजबाट लेखिएका हुन्। कृपया अझै थप जानकारीका लागि gorkhapatraonline.com मा गएर पढ्नुहोला. मङ्सिर महिनाभरिका सम्पूर्ण समसामयिकहरूमध्ये अति महत्वपूर्ण प्रश्नहरुलाई मात्र यहाँ साभार गरिएको छ।

1) नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण कहिलेबाट सुरु भएको हो ?
विसं २०८२ मङ्सिर १ (सन् २०२५ नोभेम्बर १७)
2) राष्ट्रिय कर दिवस २०८२ को अवसरमा सबैभन्दा बढी आयकर तिरी सम्मानित हुने संस्था कुन हो ?
नेपाल दूरसञ्चार प्राधिकरण
Note:- व्यक्तिगत आयतर्फ : राजबहादुर शाह
3) प्रकृतिमैत्री देशको सूचीमा विश्वमै पहिलो स्थानमा पर्न सफल राष्ट्र कुन हो ?
नेपाल
4) जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–३०) कहिले र कहाँ सम्पन्न भएको हो ?
सन् २०२५ नोभेम्बर १०–२१, ब्राजिलको बेलेम
5) जी–२० शिखर सम्मेलन २०२५ कहाँ सम्पन्न भएको हो ?
दक्षिण अफ्रिका (सन् २०२५ नोभेम्बर २२–२३)
6) २२ औँ अन्तर्राष्ट्रिय कर सम्मेलनका लागि तय गरिएको मिति कुन हो ?
विसं २०८२ मङ्सिर २–५ (सन् २०२५ नोभेम्बर १८–२१), काठमाडौँ
7) थाइल्यान्डमा तीन सय वर्षयताकै ठुलो वर्षा कहिले भयो ?
सन् २०२५ नोभेम्बर
8) हालै भीषण बाढीपहिरोका कारण आपत्काल घोषणा गरिएको राष्ट्र कुन हो ?
श्रीलङ्का (सन् २०२५ नोभेम्बर)
9) विवाहित महिलाहरूको सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि जित्ने प्रतिभा को हुन् ?
रक्षा पन्त (बुटवल)
10) बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय कहिले सुनाएको हो ?
सन् २०२५ नोभेम्बर १७
11) व्यथित साहित्य सम्मान २०८२ कसलाई प्रदान गरियो ?
डा. तुलसीप्रसाद भट्टराई
12) दृष्टिविहीन महिला टी–२० विश्वकप प्रतियोगिताको आयोजक राष्ट्र कुन हो ?
भारत र श्रीलङ्का
13) सरकारले मुख्य सचिवमा कसलाई नियुक्त ग¥यो ?
सुमनराज अर्याल
14) राष्ट्रिय कफी दिवस कहिले मनाइन्छ ?
मङ्सिर १ (२०८२ (२१ औँ) को नारा : कफी खेती गरौँ, स्वरोजगार बनौँ)
15) प्रथम दृष्टिविहीन महिला टी–२० विश्वकप प्रतियोगितामा नेपालले कुन स्थान हासिल ग¥यो ?
दोस्रो
16) ९८ औँ ओस्कार अवार्ड, २०२६ का लागि नेपालबाट चयन भएको चलचित्र कुन हो ?
एञ्जिला
17) मिस युनिभर्स २०२५ को उपाधि चुम्ने सुन्दरी को हुन् ?
फतिमा बोस (मेक्सिको)
18) रुस र युक्रेनबिचको युद्ध अन्त्य गर्नेसम्बन्धी २८ बुँदे शान्ति योजनाको मसौदा कहिले सार्वजनिक गरियो ?
सन् २०२५ नोभेम्बर
19) सार्वभौम साखका लागि अन्तर्राष्ट्रिय मूल्याङ्कनकर्ता संस्था फिच रेटिङले गरेको मूल्याङ्कनमा नेपालले सन् २०२५ मा कुन रेटिङ प्राप्त गरेको छ ?
बिबी माइनस (गत वर्षकै यथावत्)
20) संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक मामिला विभागद्वारा प्रकाशित ‘विश्व सहरीकरण प्रक्षेपण–२०२५ प्रतिवेदन अनुसार विश्वको सबैभन्दा घना आवादी भएको सहर कुन हो ?
जकार्ता, इन्डोनेसिया
21) एसियाली विकास बैङ्क (एडिबी) ले नेपालका लागि अघि सारेको नयाँ कन्ट्री पार्टनरसिप स्ट्राटेजीको अवधि कुन हो ?
सन् २०२५–२०२९
22) गोपालप्रसाद रिमाल पुरस्कार – २०८२ बाट सम्मानित हुने स्रष्टा को हुनुहुन्छ ?
कवि मञ्जुल (मेघराज शर्मा नेपाल)
23) राष्ट्र बैङ्कले नेपालको चुच्चे नक्सासहितको एक सय रुपियाँ दरको नयाँ नोट कहिलेदेखि प्रचलनमा ल्याएको हो ?
विसं २०८२ मङ्सिर ११
24) क्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) प्रोग्रामिङ समितिको ६१ औँ अधिवेशन कहिले सम्पन्न भएको हो ?
विसं २०८२ मङ्सिर १०
25) इथियोपियामा १२ हजार वर्षपछि हाइली गुब्बी ज्वालामुखी विस्फोट कहिले भएको हो ?
सन् २०२५ नोभेम्बर २३
26) लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान कहिले मनाउने गरिन्छ ?
हरेक वर्ष नोभेम्बर २५ – डिसेम्बर १०
27) बाह्य मिचाहा प्रजातिको प्रथम राष्ट्रिय सम्मेलन (राष्ट्रिय कोप–१) कहिले हुँदै छ ?
विसं २०८२ मङ्सिर २६–२७, ललितपुर
यसरी,हजुरहरूले पनि २७ वटा समसामयिक प्रश्नहरू यस आर्टिकलबाट प्रष्ट रुपमा पढ्न र लेख्न सक्षम हुनुभएको छ।
Download file : Samasamayik ghatana 2082 mangsir

