साथीहरू तपाईँहरू पनि लामो समयदेखि यही प्रश्नमा अल्झेर बसिराख्नु भएको छ भने यो Article हजुरकै लागि हो। आज हामी “ लोकसेवामा कसरी लेख्ने” भन्ने बारे Confusion लाई पूर्ण रुपमा हल गर्नेछौं।

हामीलाई थाहा छ लोकसेवामा सोधिने प्रश्न विभिन्न प्रकारका हुन्छन्। त्यसैले प्रश्नको प्रकार बुझी उत्तर लेख्नु अति बुद्धिमानी मानिन्छ | मुख्यतय लोकसेवाले हामीलाई आठ प्रकारका प्रश्न सोध्ने गरेको पाइन्छ जस्तै:-
1. परिभाषात्मक (Definition) प्रकारको प्रश्न
Eg:- सुशासन भनेको के हो ?
यस्तो प्रश्नलाई मौलिक रूपमा परिभाषित गरी कुनै नीति नियम ऐन कानुन तथा संस्थाद्वारा परिभाषा दिइएको छ भने त्यसलाई समेत समेटी संक्षिप्तमा व्याख्या गरी केही बुँदाहरू लेखेर निष्कर्षद्वारा बन्द गर्न सकिन्छ।
2. वर्णनात्मक (Descriptive) प्रकारको प्रश्न
Eg:-सुशासनका आधारहरू उल्लेख गर्नुहोस्।
यस्तो प्रश्नलाई PEEL सिद्धान्त अनुरूप उत्तर लेख्नु उपयुक्त मानिन्छ।
Point —-> Explanation —-> Example —-> Link
वर्णनात्मक प्रश्नमा हजुरहरूलाई आधारहरू/ सिद्धान्तहरू/ प्रकारहरू/ चरणहरू भनेर नै प्रश्न सोध्ने गरेको पाइन्छ। यस्तो बखतमा हजुरहरूले प्रत्येक आधार/ सिद्धान्त/ प्रकार तथा चरणहरूलाई PEEL सिद्धान्त अनुरूप नै उत्तर लेख्नु पर्दछ।
लोकसेवामा सबैभन्दा बढी सोधिने प्रकारमध्ये को एक प्रकार यो खालको प्रश्न पनि हो। मानौँ हजुरले सुशासनका आधारहरू लेख्न गइरहनुभएको छ। पारदर्शिता सुशासनका विभिन्न आधारहरूमध्ये एक आधार हो भने हजुरले सुरुमा पारदर्शिताको सरल परिचय दिएर हल्का विश्लेषण गरी एउटा उदाहरण दिई त्यसलाई पुनः सुशासनसँग जोड्न सक्नुपर्दछ। यसरी हजुरहरूले सुशासनका प्रत्येक आधारहरूलाई त्यो आधार नै किन सुशासनको आधार हो त भनेर पुष्ट्याईरहनुभएको हुन्छ। “loksewa ma kasari lekhne” भन्ने जिज्ञासा क्रमै सँग पर्दै गएमा हराउने निश्चित देखिन्छ।
3. विश्लेषणात्मक (Analytical) वा विश्लेषण मूल्याङ्कन प्रकारको प्रश्न
Eg:- नेपालमा संघीयता किन आवश्यक भयो विश्लेषण गर्नुहोस्।
विकेन्द्रीकरणका लाभ र हानि दुवै उल्लेख गर्नुहोस्।
यस्तो प्रकारको प्रश्नलाई सुरुमा मुख्य विषयवस्तुको परिचय दिई त्यसका महत्व र समस्याहरूको Analysis गर्दै ती समस्याहरूलाई सुधार गर्न आगामी कस्तो मार्ग अपनाउनु पर्दछ त्यो समेत प्रष्ट पारी एक सन्तुलित निष्कर्ष प्रदान गर्नु अति उत्तम मानिन्छ।
4. तुलना (Comparative) गर्ने प्रश्न
Eg:- राज्य र सरकारबीचको अन्तर उल्लेख गर्नुहोस्।
लोकसेवाले सोध्ने महत्वपूर्ण प्रश्न अन्तर्गतको एक सजिलो प्रश्न मानिने र विद्यार्थीले लेख्न रुचाउने प्रश्न तुलनात्मक प्रश्न हो। विद्यार्थीले यस्ता प्रश्नको उत्तर लेख्न सहज स्वीकार्य पनि विभिन्न समस्यावस उनीहरू यसमा उत्तम अङ्क ल्याउन सकिरहेका हुँदैनन्।
यस्तो प्रश्नको उत्तर लेख्दा जहिले पनि तालिका बनाउनु जरुरी हुन्छ। तालिका बनाउँदा हामीले तीनवटा कोठा कोलुम बनाउनु जरुरी छ। बीचको कोलुम सानो बनाउनु पर्दछ जसमा हामीले शीर्षक दिन्छौं र सोही शीर्षक अनुसार फरक छुट्याउँछौँ । यसरी समान शीर्षकमा रही दुई भिन्दाभिन्दै Topic को बारेमा लेखी हामीले तालिका भर्छौं र अन्त्यमा छोटो निष्कर्ष सहित यस प्रश्नको उत्तर बन्द गर्छौं।
5. कारण/परिणाम (Cause-Effect) प्रश्न
Eg:- नेपालमा बेरोजगारी बढ्नुको कारणहरू लेख्नुहोस्।
यस्तो प्रश्नको हल गर्न हामीले उत्तरलाई दुई खण्डमा विभाजित गर्नुपर्दछ। पहिलो खण्डमा कारणहरू स्पष्ट रूपले बुँदागत रुपमा लेख्ने र दोस्रो खण्डमा त्यसका परिणामहरुलाई पुनः बुँदागत रूपमै प्रस्ट्याउने र अन्त्यमा छोटो मिठो निष्कर्षका साथ उत्तरलाई बन्द गर्ने।
6. समाधान/सुझाव (Solution Oriented) प्रश्न
Eg:- सार्वजनिक सेवा वितरण कसरी सुधार गर्न सकिन्छ ?
यस्तो प्रश्नलाई हामीले STAR Principle द्वारा हल गर्न सकिन्छ।
Situation —-> Task —-> Action —-> Result
(समस्या) —-> (कर्तव्य) —-> (समाधान) —-> (परिणाम)
यस्तो प्रश्नमा सुरुमा अहिलेको स्थिति अथवा (समस्या के छ) भनेर झल्काउनु पर्दछ। त्यसपछि के गर्नुपर्दछ अर्थात् (कर्तव्य के हो) उल्लेख गर्नुपर्दछ। त्यसपश्चात् कार्य समाधान अर्थात् (के के उपाय लागू गर्ने) तर्फ अघि बढ्नुपर्दछ भने अन्तिममा परिणाम अर्थात् (भविष्यमा के सुधार हुन सक्छ) भनेर उत्तरमा समावेश गर्नुपर्दछ।
7. आलोचनात्मक (Critical Thinking) प्रश्न
Eg:-सङ्घीय संरचनामा रहेका कमजोरीहरू के के हुन् ?
लोकसेवाले सबैभन्दा मन पराएको प्रश्नमध्येको एक प्रश्न आलोचनात्मक प्रश्न हो। यस्तो प्रश्नलाई हल गर्नको लागि हजुरले पुरानो स्थिति र नयाँ स्थितिको बारे बुझेको हुनुपर्दछ। उत्तर लेख्दा तथ्य र उदाहरण अनिवार्य हुनु जरुरी मानिन्छ। र उत्तरको आलोचना तीन कोणबाट गरिएको पाइएमा अङ्क पाउने सम्भावना बढी हुन्छ। जस्तै कानुनी, संस्थागत र व्यवहारिक कोणबाट हजुरहरुले यस प्रश्नको उत्तर दिनुहोला।
8. दीर्घ उत्तर (Long Answer)
Eg:- 10,15 25 marks question
हामीले यसलाई आठौँ प्रकारको प्रश्नको रूपमा देखाए पनि यो कुनै निश्चित प्रकारको प्रश्न भने होइन। सामान्यतया अरु प्रश्नभन्दा बढी अङ्क भारको प्रश्नको रुपमा यो प्रश्न सोधिने हुनाले यसलाई दीर्घ प्रश्न अथवा दीर्घ उत्तरको रुपमा लिन सकिन्छ।
यस्ता प्रकारका प्रश्नलाई हल गर्नको लागि हजुरहरुले एक देखि सात वटै प्रकारका प्रश्नहरुलाई कसरी लेख्ने भन्ने विषयमा गहनता हासिल गरिसक्नुभएको हुनाले त्यही ज्ञानलाई प्रयोग गरी दीर्घ उत्तर लेख्न सक्नुहुन्छ।
यसरी, हजुरहरूले दिने Exam खरिदार सुब्बा तथा अधिकृत स्तरमा सोध्न सकिने सबै प्रकारका प्रश्नहरूको उत्तर लेख्ने तरिका यस Article मा समावेश गरिएको छ। पक्कै पनि अब का परीक्षाहरूमा हजुरहरूले यही Technique अपनाएर उत्तर लेख्नुहुनेछ भन्ने आशा लिएका छौं। निश्चित रूपमा हजुरहरूलाई “लोकसेवामा कसरी लेख्ने” भन्ने जिज्ञासाको उत्तर मिल्यो होला।




